चुनाब जित्न भन्दै जनमत पार्टीले थाल्याे चन्दा अभियान

काठमाडाैँ । डा. सीके राउत नेतृत्वकाे जनमत पार्टीले आन्दोलन र आगामी निर्वाचनमा विजय हासिल गर्न भन्दै चन्दा अभियान थालेको छ । पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति निकालेर सहयाेगका लागि अपील गरेका छन् ।

आन्दाेलन र विजयका लागि आर्थिक सहयाेग आवश्यकता रहेकाे उल्लेख गर्दै विज्ञप्तिमा भनिएकाे छ— ‘आन्दोलन र निर्वाचनका लागि निःसन्देह रूपमा पैसाको जरूरी हुने भएकोले सहयोग गर्न समस्त जनतासँग हार्दिक अनुरोध गर्दैछाैँ ।’

जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको नाममा मेगा बैंकमा रहेको खातासमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *