लोकसेवामा आन्तरिक प्रतिस्पर्धा गर्न कर्णालीका करार कर्मचारीको माग

सुर्खेत । कर्णालीका विभिन्न कार्यलयमा कार्यरत करार कर्मचारीहरूले आफ्नो व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवाको विज्ञापन गर्न माग गरेका छन् । आइतबार करार कर्मचारीहरूले कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र सभामुख राजबहादुर शाहीलाई ज्ञापन पत्र बुझाँउदै यस्तो माग गरेका हुन् ।

नेपलको संघीयता कार्यान्वयनको अवस्थादेखि स्थानीय तहसम्म लामो समयमा कर्मचारीको अभाव भएको समयमा उनीहरूले कर्णाली प्रदेशका विभिन्न कार्यलयहरूमा सफलतापूर्वक काम गरेको बताएका छन् ।

साथै नेपालमा संघीयता निजामाति सेवा ऐन आइनसकेको र स्थानीय सेवा आयोग पनि नबनिसकेको अवस्थामा करार कर्मचारीहरूले सरकार समक्ष करार कर्मचारीहरूको सेवा सुनिश्चित तथा स्थाययित्वका लागि अनुरोध गरेका छन् ।

यस्तै ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल करार, ज्यालादारी तथा अस्थायी श्रमिक संघ कर्णाली प्रदेशका सचिव प्रकाशकुमार बीसीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८७ मा प्रतिस्पर्धासम्बन्धी भएको व्यवस्थालाई कार्यन्वयन गर्नुका साथै अस्थायी तथा करार कर्मचारीहरूको व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवा विज्ञापन गर्नुपर्ने माग राखेका छन् ।

करार कर्मचारीहरूले अब हुने लोकसेवा आयोगको विज्ञापनमा करार कर्मचारीहरूको आन्तरिक प्रतिस्पर्धाबाटै लोकसेवाको विज्ञापन गराउन व्यवस्थाको माग राखेका छन् । उक्त ज्ञमपा पत्र बुझ्दै जवाफमा मुख्यमन्त्री जीवनबहादुर शाहीले कानुनमा व्यवस्था भएअनुरुप नै अघि बढ्ने बताए ।

कर्णाली प्रदेशमा लोक सेवा आयोगले स्थानीय तहहरूका लागि स्थायी पदपूर्ति गर्न माग फारम भर्न लगाई रिक्त विवरण संकलन गरिरहेको छ । साथै यहि पुस २७ गते मंगलबार स्थानीय तहका (सहायक पाँचौं) र माघको अन्तिम मंगलबार चौथो तहका विभिन्न पदहरूमा विज्ञापन गर्ने लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *