हिउँले ढाक्यो मनाङ (तस्बिरहरू)

पोखरा । हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा शनिबारदेखि हिमपात भइरहेको हो ।

त्यहाँका बस्ती पुरै हिउँमय भएका छन् भने ताल र खोलाहरू पनि जमेका छन् । हिमपातका कारण आवतजावत बन्द हुँदा स्थानीय बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् ।

मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *