३० दिन बित्दा पनि न्याय पाएनौँ अब आन्दोलनको स्वरूप फेर्छौँ : रुबी खान 

काठमाडौँ । माइतीघर मण्डलमा निर्मला कुर्मी र नन्कुन्नी धोबीले न्याय पाउनु पर्ने भन्दै दोस्रो पटकको धर्ना सुरु भएको ३० दिन पूरा भएको छ । यो माग राखेर नेपालगञ्जबाट रुबी खानलगायत अधिकारकर्मी र आफन्त आएका छन् । तर यो विषय न त सरकारले सुनेको न त कुनै अधिकारकर्मीले नै सहयोग गरेको उनीहरू बताउँछन् ।

गत असोजमा नेपालगञ्जबाट २० दिन पैदल हिँडेर न्याय प्राप्तिको आन्दोलनमा काठमाडौँ आइपुगेका थिए रुबी र साथीहरू। त्यति बेला सरकारले वार्ता गरेर घटनाबारे छानबिन गर्न समिति नै बनाएर आन्दोलनरत पक्षलाई घर फिर्ता पठाएको थियो । तर छानबिन समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयन नभएकाले फेरि धर्नामा बस्नुपरेको रुबी बताउँछिन् । अब पनि न्याय नपाए आन्दोलनको स्वरूप बदल्ने रुबीले मकालुखबरलाई बताइन् ।

मानव अधिकारकर्मी, मूलधारका महिला अधिकारकर्मीलगायत विभिन्न संघसंस्थालाई हामीले पटक पटक गुहारेका हौँ तर कसैले साथ दिएनन् । तर आफूहरू न्यायको लडाइँमा पछि नहट्ने बरु एक छाक मात्रै खाएर भए पनि निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय दिलाएरै छोड्ने अठोट रुबीको छ ।

३० दिनसम्म आफूहरूका जायज माग पूरा गर्न सरकारले आवश्यक नठानेको बरु अनेक अफवाह फैलाइएको उनी बताउँछिन् । राष्ट्रपति, प्रधान मन्त्री समक्ष जाँदा पनि न्याय पाउन सकिएन भने अब आन्दोलनको स्वरूप परिवर्तन  गर्ने तयारी गरिएको उनले बताइन् ।

रुबी खानसँग गरिएको कुराकानी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *