चेपाङ समुदायबाट पहिलो मन्त्री बने सन्तबहादुर

हेटौडा । लोपोन्मुख चेपाङ समुदायबाट सन्तबहादुर चेपाङ पहिलोपटक मन्त्री बनेका छन् । बागमती प्रदेशमा शुक्रबार गरिएको मन्त्रीपरिषद् विस्तारमा उनी प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री बनेका हुन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङका सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेका थिए ।

राज्यमन्त्री चेपाङले आजै पद तथा गोपनीयताको शपथ लिनुका साथै पद बहालीसमेत गरेका छन्।

राज्यमन्त्रीमा नियुक्त भएपछि उनले चेपाङ समुदायमा मौलाइरहेको बालविवाह नियन्त्रण गर्न पहल गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *