प्रदेश २ का लागि चार नाम प्रस्ताव, दुईतिहाइको समर्थन पुग्ला ?

जनकपुरधाम । प्रदेश नम्बर २ को नामाङ्करणका लागि चारवटा नाम प्रस्ताव गरिएको छ । बिहीबार बसेको प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा विभिन्न दलले फरक फरक नाम प्रस्ताव गरेका हुन् ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले मधेस नाम प्रस्ताव गरेका छन् । यस्तै नेपाली कांग्रेसले मिथिला–भोजपुरा र एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् । कांग्रेसकै केही सांसदले भने मध्यमधेस नाम प्रस्ताव गरेका छन् ।

एमालेले भने जनक नाम प्रस्ताव गर्ने तयारी गरेको छ । नेपाल संघीय समाजवादी पार्टीले पनि मधेस नाममै सर्मथन जनाउने बताएको छ । प्रदेश २ को प्रदेश सभामा अहिले १०४ सांसद छन् ।

नाम र राजधानीका लागि दुईतिहाइ मत अर्थात् ७० सांसदको समर्थन आवश्यक पर्छ । मधेस प्रदेशको पक्षमा उभिएका जसपा र माओवादीका सांसद ६२ जना हुनछन् । उनीहरूलाई थप ८ सांसदको समर्थन भएमा यो नाम अनुमोदन हुनेछ ।

यस्तै जसपासँग ३७, लोसपासँग १६ र माओवादी केन्द्रसँग आठ सांसद छन् । एक सांसद रहेको संघीय समाजवादी सर्मथन गरेपनि दुई तिहाइ पुग्दैन । यसअघि नामाङ्करण र स्थायी राजधानी तोक्न दुईपटक प्रयास गरेपनि बहुमत पुगेको थिएन ।

अहिलेको समीकरण हेर्दा पनि फेरि पनि नामका लागि आवश्यक दुईतिहाइ बहुमत नपुग्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *