श्रृजनशील लघुवित्तको आईपीओ आउदै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित दरमा ३ करोड ३७ लाख २ हजार ५ सय रूपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्न लागिएको हो ।

निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई  नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठद्वारा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *