नेप्से ९२ अकंले बढ्यो, कारोबार रकम साढे ४ अर्ब

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधवार सेयर बजार (नेप्से) परिसूचक ९२.१६ अङ्कले बढेको छ । कारोबारको सुरुबाटै उकालो लागेको सेयर बजार २५ सय बिन्दुमा उक्लिएको छ ।

यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेर २५०७.७० बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ इन्डेक्स १४.७४ अङ्कले बढेर ४७७.२६ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक बढेका छन् ।

बुधवार २ सय ३३ कम्पनीका ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १ सय ४३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन अरुण भ्याली हाइड्रोपावर, वरुण हाइड्रोपावर, शिवम् सिमेन्ट र उपर तामाकोसी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड,हिमालयन डिस्टिलरी लिमिटेड,हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड,युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य ९ प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *