सेयर बजारमा हरियाली, कारोबार रकम भने सवा २ अर्बमा सीमित

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार (नेप्से) परिसूचक ५६.७३ अङ्कले बढेको छ ।

हिजो (सोमबार) नेप्से १७ अकंले घट्दा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.४१ प्रतिशतले बढेर २४५५.५५ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ इन्डेक्स ११.३४ अङ्कले बढेर ४६२.५२ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक बढेका छन् ।

मगंलबार २ सय २६ कम्पनीका ४९ लाख ७४ हजार २ सय ५३ कित्ता सेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । भने जानकी फाइनान्स लिमिटेडको सेयरमूल्य ९.८१ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य ९.२१ प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *