डाबर नेपालले दियो वीर अस्पताललाई चिकित्सा उपकरण
२०७८ पुस ६ गते

काठमाडौ। डाबर नेपालले नेपालको स्वास्थ्य पूर्वाधारको विकास तथा चिकित्सा सुविधा सुदृढका लागि वीर अस्पताललाई २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ।
डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत सघन उपचारको लागि २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको हो।
वीर अस्पताल परसिरमा आयोजित एक कार्यक्रमबीच डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना र व्यापार प्रमुख–नेपाल तथा म्यानमार एच.एस.बेदीद्वारा डा. अनुपमा कार्की र प्रा डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पतालका निर्देशक प्रा डा भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो।
२०७८ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








