नेप्से १७ अकंले घट्यो, २ अर्बकाे काराेबार

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार (नेप्से) परिसूचक १७.९३ अङ्कले घटेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.७५ प्रतिशतले घटेर २३५८.८१ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ इन्डेक्स २.३४ अङ्कले घटेर ४५१.१९ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा मात्र उपसमूह बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।

सोमबार २ सय ३१ कम्पनीका ३४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन गोर्खाज फाइनान्स लिमिटेड र हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *