पहिरोले डोजर पुर्दा चालकको मृत्यु

पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनामा पहिरोले डोजर पुर्दा एक जनाको मृत्यु भएको छ । टुँडी पावर कम्पनीले निर्माण गर्न लागेको ४८.५ मेगावाटको आयोजनामा सडक खन्ने क्रममा पहिरोको ढिस्कोले पुरिएर डोजर चालक साेही ठाउँका २७ वर्षीय भीमबहादुर खत्रीको मृत्यु भएको हो ।

सोमबार बिहान ८ बजे आयोजना स्थलमा बाटो खनिरहेको अवस्थामा माथिबाट खसेको पहिरोको ढिस्कोले डोजर पुरिएको म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *