तस्बिरमा ज्यापू दिवसको रौनक !

काठमाडौँ । आइतबार १८औं राष्ट्रिय ज्यापू दिवस मनाइँदैछ । ज्यापू समुदायको संस्कृति संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ । आज काठमाडौँको वसन्तपुरलगायतका ठाउँहरूमा यो दिवस नाराजुलुशसहित धुमधामका साथ मनाइएको छ ।

नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिइ यस दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

विसं ०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *