बैंकको बाथरुममा अचेत भेटिएकी नर्सको रहस्यमय मृत्यु

सुर्खेत । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको रहस्मयमय मृत्यु भएको छ ।

बाँकेको कोहलपुर उपमहानगर नगरपालिका-११ की २६ वर्षिया श्रेष्ठको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

जुम्लामा रहेको सिटिजन बैंक शाखा कार्यालयको बाथरुममा बिहीबार दिउँसो नुहाउन गएकी उनी बाथरुममै बेहास भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बैंकले जनाएको छ । सिटिजन बैंकका म्यानेजर महेश शाहीले साथीको बहिनी भएकाले उनी आफ्नो बैंकमा नुहाउन आएको बताए ।

‘बैंक स्टाफ अफिसकै कामकाजमा व्यस्त थिए । बाथरुममा आएर बेहोस भएको थाहा भएपछि उपचारका लागि प्रतिष्ठान लगिएको हो‚’ शाहीले भने । बैंकका कर्मचारी बाथरुममा जाँदा ढोका बन्द रहेको र ढोका फुटाएर उनलाई उपचार गर्न लगेकाे पनि शाहीले बताए ।

बाथरुममा नुहाउँदा नुहाउँदै बेहोस भएको भन्दै सिटिजन बैंकका कर्मचारीले उनलाई उपचारका लागि प्रतिष्ठानमा लगेका थिए । प्रतिष्ठानको आइसीयूमा २४ घण्टा आईसीयूमा राख्दा पनि होस नआएपछि प्रतिष्ठानले शुक्रबार साँझ मृत्यु भएको घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको जानकारी दिए ।

मृतक श्रेष्ठका आमा बुबाले छोरीको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीमा जाहेरी दिने बताएका छन् । उनीहरूको जाहेरीअनुसार प्रहरीले अनुसन्धान अघि बढाउने प्रहरी नायब उपरीक्षक चन्दले बताए । अहिले मृतक श्रेष्ठका आफन्त जुम्ला पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *