एभरेष्ट बैंकले १० प्रतिशत लाभांश दिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

उक्त सभाले शेयरधनीहरुलाई आ.व. २०७७/०७८ का लागि ६ प्रतिशतका दरले हुने ५३ कराेड ३६ लाख २३ हजार ३१ बराबरको बोनस शेयर र ४.३२५ का दरले हुने ३८ कराेड ४२ लाख ८ हजार ५ सय ८३ बराबरको नगद लाभांश र बोनस शेयरमा लाग्ने कर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको साधारण सभाले आ.व. २०७८/७९ को लागि सुन्दर एन्ड कम्पनी, चार्टर एकाउन्टेन्टसलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *