साथी मार्टको ब्रान्ड एम्बेस्डरमा राजेश हमाल

अब मोबाइल एपबाट पनि सपिङ गर्न पाइने

काठमाडौँ । नेपालको साथी मार्टको ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अबद्धतामा हस्ताक्षर गरेका हुन् ।

साथी मार्टले सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट सञ्चालन गर्दै काकरभित्तादेखि दार्चुला अनि जिरीदेखि ढल्केबर पुग्न सफल भएको मार्टले जनाएको छ ।

नेपालमै रहेर केही गरौँ भन्ने सोच भएका युवालाई लक्षित गरी साथी मार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एन्ड अर्न गर्ने गरी ‘साथी मार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी कम्तीमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको जनाएको छ ।

यसअन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथी मार्टमा उपलब्ध अन्य सामान रेफर गरी ३० प्रतिशतसम्म आम्दानी गर्न सकिने विश्वास लिएको छ ।

आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी साथी मार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरूको वितरणमा आइएसओ स्ट्यान्ड प्राप्त गरेको छ ।

साथी मार्टको आधिकारिक  वेबसाइटमा  WWW.SAATHIMART.COM  आफूलाई आवश्यक सामान अर्डर गर्न सकिनेछ। हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथी मार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आईओएसमा पनि एप उपलब्ध हुने साथी मार्टका संस्थापक सिइओ पोख्रेलले बताए ।

साथी मार्ट प्रशासन सबै मार्टमा यस आर्थिक वर्षमा ३०० प्रतिशतसम्मको बिक्री बढाउने योजनामा रहेको मार्टले जनाएको छ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बर सीप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ ।

मार्टले हालका लागि फ्रान्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिई व्यापार बिस्तारमा जोड दिएको पनि बताएको छ । त्यस्तै, आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ ।

नेपालमा पनि ९० प्रतिशत भन्दा बढी इन्टरनेट प्रयोगकर्ता भइसकेको अवस्थामा डिजिटल मार्टको युग सुरु हुने साथी मार्टले विश्वास लिएको छ। साथी मार्टको यसै वर्ष थप २ सय र ३ वर्षमा नेपाल भर हजार आउटलेट खोल्ने लक्ष्य रहेको पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *