ओमिक्रोन : यदि भ्याक्सिनको दुई डोज आपसमा संघर्ष गरिरहेका छन् भने ‘बुस्टर’ डोजले कसरी काम गर्छ ?

भारी म्युटेसन भएको ओमिक्रोन भेरियन्टले हामीलाई भाइरसको सङ्क्रमणबाट बचाउने भ्याक्सिनको क्षमतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।

विश्वभरि दिइएको जुनसुकै खोपको दुई डोजले कसैलाई पनि ओमिक्रोनको सङ्क्रमणबाट बचाउन सक्दैन । तर‚ भ्याक्सिनले भाइरसबाट हुने गम्भीर स्वास्थ्य अवस्थाबाट बचाउन, अस्पतालको शय्यासम्म पुर्‍याउनबाट भने जोगाउँछ । सबै भ्याक्सिन भाइरसको पहिलो रूपसँग जुध्न बनाइएको थियो‚ जुन भाइरस दुई वर्षअघि देखिएको थियो ।

त्यसो भए तेस्रो डोज अर्थात् ‘बुस्टर’ले के पहिलेको दुई डोज भ्याक्सिनको भन्दा फरक ढङ्गले काम गर्छ त ? कि ओमिक्रोनले पहिले नै ‘बुस्टर’ले दिनसक्ने सुरक्षा तोडिसकेको छ ? खुसीको कुरा त के छ भने सिरिन्जमा समानता भएपनि ‘बुस्टर’ले प्रतिरक्षाप्रणालीमा पार्ने सकारात्मक प्रभावकारिता पहिलेका दुई डोजभन्दा फरक हुन्छ । तेस्रो डोजपछि पहिले बचेको प्रतिरक्षा प्रणाली अझै बलियो र राम्रो हुँदै जान्छ ।

कोभिड स्कुल
कोरोना भाइरसविरुद्ध लड्नु भनेको आफ्नो प्रतिरक्षा प्रणालीका लागि केही सिक्नु पनि हो । यदि साँच्चै कोरोना भाइरसको सङ्क्रमणमा परेमा त्यसबाट स्वास्थ्य स्थिति गम्भीर हुनसक्छ भनेर सोच्नु पनि एउटा विकल्प हो । भ्याक्सिन भनेको एउटा स्कुल सरह हो‚ जहाँ प्रतिरक्षा प्रणालीका लागि सुरक्षित वातावरण हुन्छ र कोभिड शिक्षा प्राप्त गर्न सकिन्छ ।

पहिलो डोज भनेको प्राथमिक तहको स्कुलजस्तै हो‚ जुन आधारभूत छ । अनि दोस्रो र तेस्रो डोज भनेको माध्यमिक तह हुँदै विश्वविद्यालयसम्मको अध्ययनजस्तै हो‚ जुन नाटकीय रूपमा कसैको बुझ्ने क्षमतामाथि निर्भर हुन्छ । हामी प्राथमिक विद्यालयमा पटक पटक दोहोर्‍याएर अध्ययन गरी रहँदैनौँ ।

नटिङ्गम विश्वविद्यालयका भाइरोलोजिस्ट प्रोफेसर जोनाथन बलले भन्छन्, ‘प्रतिरक्षा प्रणालीले भाइरसबारे उच्च ज्ञान हुने र भाइरसबारे आम मानिसले बुझ्न अझै बाँकी नै छ ।’ उनले ओमिक्रोनको चालका लागि उच्च प्रशिक्षित प्रतिरक्षा प्रणाली भनेको भाइरस र यसको म्युटेसनका लागि अविश्वसनीय रूपमा गाह्रो र प्रतिकूल वातावरण भएको बताए । एन्टीबडी‚ कोभिड स्कुलको मुख्य फाइदा भएको शिक्षा हो ।

यी टाँसिने प्रोटिनहरू हुन्‚ जुन कोरोना भाइरसको बाहिरी भागमा टाँसिन्छन् । तटस्थ एन्टिबडी भाइरसको बाहिरी भागमा टाँसिन्छ र भाइरसले कोषमा आक्रमण गर्न सक्दैन । ‘रियल वर्ल्ड डेटा’ले खोपको दुई डोज लगाइसकेपछिको तटस्थ एन्टिबडी ओमिक्रोनविरुद्ध धेरै कम प्रभावकारी भएको देखाएको छ ।

भ्याक्सिनको प्रत्येक डोजले प्रतिरक्षा प्रणालीभित्र एन्टिबडी विकासको अर्को चरण पैदा गर्छ । यसले राम्रो एन्टिबडी खोज्छ‚ जहाँ आफूलाई भाइरससँग अझ राम्रोसँग जोडोस् भन्ने हुन्छ । यस प्रक्रियालाई ‘एफिनिटी म्याचुरेसन’ भनिन्छ । प्रोफेसर अल्टम्यान भन्छन्, ‘तपाईँको एन्टिबडी समय बित्दै जाँदा राम्रोसँग फिट हुन्छ । तिनीहरू अझ फेन्सी र परिष्कृत हुँदैछन् ।’ एन्टिबडी भाइरससँग बलियोसँग टासिएमा ओमिक्रोनको उत्परिवर्तनलाई एन्टिबडीलाई जित्न गाह्रो हुन्छ । नयाँ भेरियन्ट धेरै उत्परिवर्तित छ । त्यति हुँदा पनि यो पहिलेको जस्तै मौलिक भाइरस हो, यसका धेरै भागहरू परिवर्तन भएको छैन ।

अङ्कहरूको खेल
यो एन्टिबडीको गुणस्तरको बारेमा मात्र होइन‚ एन्टिबडीको मात्रा पनि बढ्ने क्रममा हुन्छ । इम्पेरियलका प्रोफेसर चार्ल्स बाङ्गम भन्छन्, ‘तपाईँले अझै धेरै रगतमा एन्टिबडी पाउन सक्नुहुन्छ । त्यो एन्टिबडी चाहिँ कहिलेसम्म रहन्छ भन्ने थाहा हुँदैन तर जति पटक भ्याक्सिनको थप अर्को डोज लगाइन्छ त्यति नै लामो समय प्रतिरक्षा प्रणाली बलियो रहन्छ ।’

यो सबैबाट के प्रष्ट हुन्छ भने अघिल्लो २ डोज ओमिक्रोनविरुद्ध कमजोर थियो । ‘बुस्टर’ले कोभिडको लक्षणबाट ७५ प्रतिशत बचाउने देखिन्छ । ‘बुस्टर’ले प्रतिरक्षा प्रणाली बढाउँदै हाम्रो शरीरलाई आगामी दिनमा आउनसक्ने भेरियन्टसँग जुध्नसमेत मद्दत पुर्‍याउँछ ।

‘बी सेल’ हाम्रो शरीरको यस्तो भाग हो‚ जसले ठूलो मात्रामा एन्टिबडी उत्पादन गर्छ । ‘बुस्टर’ लगाएपछि त्यसले परिपक्व रूपमा अझ धेरै टाँसिने, अति परिष्कृत एन्टिबडी उत्पादन गर्छ । शरीरमा टी-सेलहरू पनि छन्‚ जसले प्रचुर मात्रामा र बढ्दो प्रक्रियाको रूपमा कोभिडको भाइरसलाई आक्रमण गर्न सक्षम छन् । टी-सेलले भाइरस पत्ता लगाउन र कोभिड सङ्क्रमण भएको कोशिकाहरूमा सङ्क्रमणको सङ्केत पत्ता लगाउनका लागि काम गर्छ ।

टी-सेलले कोरोना भाइरसका भागहरू पत्ता लगाउँछ‚ जसले गर्दा भाइरसलाई उत्परिवर्तन हुन गाह्रो हुन्छ । त्यसैले ओमिक्रोन हाम्रो प्रतिरक्षा प्रणालीबाट जति टाढा जान्छ‚ खोपको प्रत्येक डोज र सङ्क्रमणले शरीरको प्रतिरक्षा पत्ता लगाउने र खोजी गर्ने थप उपकरण दिइरहेको छ ।

यी सबै कार्यले हामीलाई गम्भीर बिरामी हुनबाट बचाउँछ । भाइरसविरुद्ध प्रतिरक्षा लगभग कहिले पनि निरपेक्ष हुँदैन । प्रायः सबै व्यक्ति पुनः सङ्क्रमित हुने सम्भावना रहन्छ र यो सामान्य पनि हो । –बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *