सिटिजन्स बैंकद्वारा चार ठाउँमा प्रिभिलेज काउन्टर विस्तार

काठमाडौं । सिटिजन्स बैंकले लुम्बिनी प्रदेशको कालिकानगर, प्रदेश १ को विराटनगर र विर्तामोड र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौँ तथा कमलादी, काठमाडौँमा रहेको प्रिभिलेज काउन्टरबाट मात्र आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आइरहेको थियो । साथै आगामी दिनमा अन्य प्रदेशहरूमा समेत यस्ता सेवाहरू प्रदान गर्ने योजना बैंकले लिएको छ ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक डिजिटल सेवाहरूसमेत प्रदान गरिरहेको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *