गाँजाले निद्रा बिथोल्ने वैज्ञानिकको दाबी, नियमित प्रयोगकर्तालाई झन् घातक

गाँजाजन्य पदार्थ सेवन गर्नेहरूका लागि एउटा साझा अड्कल गर्ने चलन छ- उनीहरूलाई गाँजाले निदाउन ठूलो मद्दत गर्छ । तर‚ यो अनुमानबारे वैज्ञानिकहरू भने यकिन गरेर बताउन सक्दैनन् ।

‘यो थोरैमात्र अध्ययन गरिएको धेरै महत्त्वपूर्ण विषय हो । किनभने धेरै व्यक्तिहरू निद्रा लाग्ने साहाराको रूपमा गाँजालाई प्रयोग गरिरहेका छन् र यसको उत्पादन पनि बढ्दो छ ।’ निद्रा विशेषज्ञ ट्रोक्सेलले बताए । उनले थपे, ‘हामीसँग गाँजाले निन्द्रामा मद्दत गर्छ वा हानी नै गर्छ भन्ने ठोस प्रमाण भने अहिलेसम्म पनि छैन ।’

तर‚ बिएमजे जर्नलमा सोमबार प्रकाशित एक अनुसन्धानले भने गाँजा सेवनले निन्द्रामा हानी पुर्‍याउने तथ्य सार्वजनिक गरेको छ । जर्नलमा प्रकाशित रिपोर्टमा २० अथवा सोभन्दा बढी दिन लगातार गाँजा ६४ प्रतिशत व्यक्तिहरू ६ घण्टाभन्दा कम निदाउने र ७६ प्रतिशत व्यक्तीहरू ९ घण्टाभन्दा बढी निदाउने गरेको पाइएको थियो । तर कुनै पनि वयस्क व्यक्ति ६ घण्टाभन्दा कम र ८ घण्टाभन्दा बढी निदाउनु स्वास्थ्यको हिसाबले राम्रो मानिँदैन ।

कम निदाउनु र बढी निदाउनु कसरी समस्या हो ? 
धेरै ठूलो जनसङ्ख्यामा गरिएको अध्ययनमा कम निदाउनु र धेरै निदाउनुले मुटुसम्बन्धी रोग र हृदयाघातको जोखिम बढाउने देखाएको छ । कम निद्रा र बढी निद्राले मधुमेह, कोरोनरी धमनीसम्बन्धी दीर्घरोग निम्त्याउने अध्ययनकर्ता तथा लेखक क्याल्भिन डिपले बताए ।

सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार अमेरिकाका ५० लाखदेखि ९० लाख जनसंख्या निद्रासम्बन्धी समस्याहरू‚ जस्तैः स्लीप एपनिया, अनिद्रा र रेस्टलेस लेग सिन्ड्रोमसँग जुधिरहेका छन्‚ जसले आँखाको दृश्यशक्ति नष्ट गर्ने काम गर्छ ।

सिडीसीले यसलाई सार्वजनिक स्वास्थ्य समस्या मानेको छ किनभने यसले रक्तचाप, शारीरिक कमजोरी, मुड स्वीङ, डिप्रेसन र क्यान्सरजस्ता दीर्घकालीन रोगको उच्च जोखिम ल्याउँछ । गाँजा खानेलाई हृदयाघात हुने सम्भावना दोब्बर हुने अध्ययनले देखाएको छ ।

गाँजाले निद्रा राम्रो बनाउँछ भन्ने कुनै पनि स्पष्ट प्रमाण छैन
अध्ययनले २० देखि ५९ वर्ष उमेर समूहका २१ हजार ७ सय २९ जनामा गाँजाको प्रयोगको विश्लेषण गरेको थियो । तथ्याङ्क राष्ट्रिय स्वास्थ्य तथा पोषण परीक्षा सर्वेक्षणद्वारा संकलन गरिएको थियो‚ जसले १ करोड ४६ लाख अमेरिकी नागरिकको प्रतिनिधित्व गर्छ । अध्ययनमा धेरै निद्रा लाग्ने र कम निद्रा लाग्ने मात्रै नभई लगातार एक महिनासम्म गाँजा प्रयोग गर्ने व्यक्तिलाई निद्रा नै नलागेको पनि पाइएको थियो ।

उनीहरू आफ्नो अनिद्राको समस्याबारे बहस गर्न चिकित्सककोमा जाने गरेको समेत पाइएको थियो । ‘हाम्रो अध्ययनको समस्या यो हो कि हामी गाँजाको कारणले सुत्न गाह्रो भएको हो अथवा सुत्न गाह्रो भएर चाहिँ गाँजाको प्रयोग गरेको हो भन्ने यकिन गरेर भन्न सक्दैनौँ । गाँजाले निद्रा राम्रो बनाउन सहयोग गर्छ भन्ने कुनै प्रमाण नै छैन‚’ अध्ययनकर्ता भन्छन्, ‘तर‚ मानिसले गाँजा प्रयोग गर्न सुरु गर्दा भने यसले निद्रामा केही फाइदा पुर्‍याएको जस्तो अनुभव हुन्छ । तर‚ बिस्तारै बानी पर्दै गएपछि गाँजाले निद्रा बिगार्न थाल्छ ।’

भ्रमित कारकहरू 
अझै पनि मानिसहरू गाँजाले राम्रो निद्रा लाग्नेमा विश्वस्त रहेको पाइन्छ तर नियमित रूपमा नै गाँजा प्रयोग गर्नेले पनि राम्रो निद्राका लागि भने अरू नै औषधिको सहायता लिएको सर्वेक्षणले देखाएको छ ।

वास्तवमा लागुऔषधको रूपमा प्रयोग गरिने घाँसहरूले निद्राको सन्तुलन बिगार्छ । मानिसहरू आफ्नो पैसा र समय खर्च गरेर निद्रा लाग्ने बाहानामा गाँजाको प्रयोग गरिरहेका छन् । राम्रो निद्राका लागि अरू थुप्रै र सही विकल्पको खोजी गर्नुपर्ने देखिन्छ । गाँजाको बढ्दो प्रयोग र यसको शक्तिले गर्दा नै अहिले गाँजा र यसको निन्द्रासँगको सम्बन्धबारे खोजी गर्नुपर्ने समय आएको हो । –सीएनएनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *