६ प्रतिशतले बढ्यो सेयर बजार, आजका लागि कारोबार बन्द

काठमाडौँ । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द भएको छ ।

सेयर बजार कारोबारको सुरुवातदेखि नै तीव्र रूपमा उकालो लागेको थियो ।

दुई दिनमै १६७ अङ्कले घटेको सेयर बजारमा मंगलबार भने पहिलो दुई घण्टा नबित्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको थियो र पुनः खुल्नासाथ लगातार ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार बन्द भएको हो ।

सेयर बजार एकै दिनमा १३७.१८ अङ्कले बढेर २४१८.८५ को बिन्दुमा पुगेको हो । सेन्सेटिभ परिसूचक पनि २२.७२ अङ्कले बढेर ४६०.३० को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता सेयर २९ हजार ६४ पटक खरिद-बिक्री हुँदा १ अर्ब ८४ करोड २६ लाख बढीको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *