५ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) शेयर बजार तीव्र गतिमा उकालो लागेको छ ।

सुरुवातदेखि नै उकालो लागेको सेयर बजारमा खुलेको दुई घण्टा नपुग्दै ५ प्रतिशतले वृद्धि भएपछि नेपाल स्टक एक्सचेन्जले सकारात्मक सर्किट ब्रेक लगाएको हो ।

५.०१ प्रतिशतले बढेसङै शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको हो ।

यो अवधिसम्म शेयर बजार ११४.२५ अङ्कले बढेर २३९५.९३ को बिन्दुमा पुगेको हो । यो अवधिमा २ सय १८ कम्पनीका ३२ लाख ६४ हजार ३ सय ५८ कित्ता सेयर १ अर्ब ४५ करोड ६० लाख ८३ हजार ८ सय ७७ रुपैयाँमा खरिद-बिक्री भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *