खप्तड लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक प्रभु क्यापिटल

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ लाख ३२ हजार कित्ता सेयर निष्कासनको लागी सेयर रजिस्टारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

सोमबार प्रभु क्यापिटलमा आयोजित एक कार्यक्रमका बिच प्रभु क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिमा अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र सञ्चालक रणदेव कृष्ण श्रेष्ठको समुपस्थित रहेको थियो ।

लघुवित्त कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ र हाल संस्थापकहरूबाट चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको र सर्वसाधारणका जारी हुने शेयर १ करोड ३२ लाख रुपैयाँ रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्कासन प्रश्चात संस्थाको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *