प्रचण्डको अभिव्यक्तिपछि सेयर लगानीकर्ता पुगे माधव निवास

काठमाडौँ । नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरूले नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । खस्किँदो सेयर बजारलाई दृष्टीगत गरी उचित कदम चाल्नका लागि आग्रह गर्न पदाधिकारीहरू कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा पुगेका हुन् ।

शनिबार सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको सेयर बजार विरोधी अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

अध्यक्ष प्रचण्डले सबै पछिल्लो समय उद्योग र उत्पादनका क्षेत्रमा पूँजीको लगानी हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको दाबी गरेका थिए ।

उनले यस्तो अभिव्यक्ति दिएपछि हिजोदेखि सेयर बजार ओरालो लागेको छ ।

भेटका क्रममा अध्यक्ष नेपालले बजारको विषयमा आफू गम्भीर रुपमा लाग्ने र अहिले लगानीकर्ताले भोगिरहेको समस्या समाधान गर्न प्रयत्न गर्ने बताएको संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *