सेयर बजार ७९ अंकले घटेर २३ सय बिन्दुबाट पनि ओरालो

काठमाडौँ । सेयर बजार (नेप्से)मा साेमबार पनि भारी गिरावट आएकाे छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार (नेप्से) परिसूचक ७९.२३ अङ्कले घटेको छ । साेमबार परिसूचक याे यस वर्षकै सबैभन्दा कम बिन्दुमा आइपुगेकाे छ ।

‘बियरिस ट्रेन्ड’ पक्रेकाे बजार साताकाे आइतबार ८८ अंकले घटेकाे थियाे । आइतबार ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २ सय ५२ रुपैयाँको कारोबार भएको थियो ।

खास गरी सरकारमै रहेकाे दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सेयर बजारबारे दिएकाे नकारात्मक अभिव्यक्तिका कारण साेमबार पनि सेयर बजारकाे ओरालाे यात्रा कायम रहेकाे हाे ।

यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ३.३६ प्रतिशतले घटेर २२८२.०० बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ इन्डेक्स १२.४७ अङ्कले बढेर ४३७.५९ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक घटेका छन् ।

सोमबार २ सय ३३ कम्पनीका ९६ लाख ७९ हजार कित्ता सेयर ३ अर्ब ९९ करोड ९६ लाख ४ हजार १ सय ७८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन गोर्खाज फाइनान्स लिमिटेडको सेयरमूल्य ९.४७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *