जेसीआई काठमाडौं लेडीको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । जेसीआई काठमाडौं लेडीको अध्यक्षमा सोनि श्रेष्ठ चयन भएकी छन् ।

काठमाडौंमा जेसीआई काठमाडौं लेडीको वार्षिक साधारण सभा तथा २६औँ शाखा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चुनिएकी हुन् ।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा सबिना श्रेष्ठ, मिली श्रेष्ठ र शर्मिला नकर्मी चुनिएका छन् भने उपाध्यक्षमा स्वेच्छा रन्जित, शाइना ताम्राकार, सबिना महर्जन श्रेष्ठ, दिल शाही, माला थापा मगर र शान्ता भट्टराई चयन भएका छन् ।

कमला गुरुङ प्रधान महासचिवमा चयन भएका छन् भने शिल्भी नकर्मी कोषाध्यक्षमा चुनिएकी छन् ।

जेसीआई काठमाडौं लेडीको स्थापना सन् १९७८ मा भएको हो । उक्त संस्थाले सामाजिक सेवाका साथै व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *