सानिमा बैंककाे शाखा अब काठमाडौँको बलम्बुमा

काठमाडौँ । सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा बैंकको नयाँ शाखा सञ्चालमा ल्याएको छ ।

शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा महजोडीले काठमाडौँको बलम्बुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यस्तै सानिमा बैंकका अध्यक्ष पौडेलले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैँकको देशका सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *