लुम्बिनी विकास बैंक र पेमेन्ट सोलुसन्स्बीच डिजिटल कारोबार सम्झौता

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *