राष्ट्र बैंकले माग्यो ८३ जना कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ८३ जना कर्मचारी माग गरेको छ ।  शुक्रबार विज्ञापनमार्फत विभिन्न पदमा कर्मचारी माग गरेको हो ।  इच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापनमा अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।

विज्ञापनअनुसार प्रशासन सेवातर्फ ४५ जना सहायक निर्देशक (अधिकृत तृतीय) मागेको छ ।  यस्तै सहायक निर्देशक (लेखा/लेखा परीक्षण) ६ जना लगायत अन्य पदमा जनशक्ति भर्ना गर्ने उल्लेख छ।

उक्त विज्ञापनमा दरखास्त दिन आज (२०७८/०८/२४ गते) देखि पुष १५ गतेसम्म अनलाइन आवेदन दिन सकिने छ । यस्तै पुष २२ गतेसम्म दोब्बर दस्तुरमा अनलाइन दरखास्त दिन सकिने बताइएको छ ।

विज्ञापन

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *