मंसिर २४ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. मंसिर २४, २०७८ । ई.सं. १० डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस, दक्षिणायन हेमन्त । शुक्रबार मार्ग शुक्लपक्ष । तिथि- सप्तमी, २४:४४ बजे उप्रान्त अष्टमी । नक्षत्र- शतभिषा, २७:३७ बजे उप्रान्त पूर्वभाद्रपदा । योग- हर्षण, १४:३८ बजे उप्रान्त वज्र । करण- गर १३:११ बजेदेखि वणिज, २४:४४ बजे उप्रान्त वालव । चन्द्रराशि कुम्भ । आनन्दादि योग सौम्य । दिनमान २५।५६ । सूर्योदय६:४५ । सूर्यास्त १७:०७ । पञ्चक, विश्वमानव अधिकार दिवस ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको व्यक्तिसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चिताएको कामले तीव्रता लिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सौन्दर्यतामा र साँझमा अधिक पैसा खर्च हुने योग छ, आफन्तको सल्लाह लिनु नै उचित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम सम्बन्ध पनि ठिकै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आकस्मिक धन लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । मनोरञ्जनमा सहभागिता पनि भइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । प्यारो साथीसँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा पनि सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मन मिल्ने प्यारो साथीसँग भेट होला । नयाँ काम सुरु गर्ने मौका छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्ने र प्राविधिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रतिष्ठित काम सुरु गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त होलान् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुको भर पर्दा धोका पाइनसक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ । धनमाल पनि हराउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *