ओरालो यात्रामै नेप्से, कारोबार रकम पनि बढ्न सकेन

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ५.८४ अङ्कले घटेको छ ।

हिजो ‘बुधबार’ पनि सेयर बजार ५६ अकंले घटेर २ अर्ब ६० करोड ८४ लाख ६ हजार २सय ८९ रुपैयाँको कारोबार भएको थियो ।

यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.२४ प्रतिशतले घटेर २४४९.९७ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ इन्डेक्स ०.४३ अङ्कले बढेर ४६५.२३ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ वटा पनि उपसमूह बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।

बिहीबार २ सय ३१ कम्पनीका ६२ लाख २३ हजार ७ सय २१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य सबै भन्दा बढि ४.५५ अकंले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *