भायानेटले १२५० मा १७५ एमबीपीएस इन्टरनेटसहित भायाटीभी दिने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५० रुपैयाँमा १७५ एमबीपीएस इन्टरनेटसहित भायाटीभी दिने भएको छ ।

ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकता पूरा गर्न उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट योजना प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार अल्ट्रा–फाई अन्तर्गत, भायानेटले १२५ एमबीपीएस, १७५ एमबीपीएस र २५० एमबीपीएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिजको मुख्य प्लान १७५ एमबीपीएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिँदा प्रतिमहिना मात्र रू. १२५० पर्न आउँछ ।

यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा एक हजार रिवार्ड अंक प्रदान गर्दैछ, जुन कारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्य एक बनेको छ ।

सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यप्रति भायानेट निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड अप्टिकल नेटवर्क युनिट (ओएनयूएस) प्रदान गरिरहेको छ ।

भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको ओएनयूएस मेश सपोर्ट गर्न सक्षम छ र चाँडै नै आफ्नो ग्राहकहरुको लागि किफायती मेश वाईफाई ल्याउँदै छ । भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *