विवाह पञ्चमीमा शौर्य सिमेन्टको शिविर

काठमाडौं । जनकपुरधाममा भएको विवाह पञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायोजन र विजय लक्ष्मी मिडिया फाउन्डेसनको आयोजनामा नि शुल्क शिविरको आयोजना गरेको छ ।

विवाह पञ्चमी महोत्सवमा आउने दर्शनार्थिहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो।

शौर्य सिमेन्टबाट आयोजित उक्त नि शुल्क शिविरमा दर्शनार्थिहरुको लागी चिया पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको उक्त शिविरबाट १० हजार भन्दा बढी व्यक्ती लाई सेवा प्रदान गरिएको थियो ।

मङ्सिर २२ गते भएको राम सीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरूबाट दर्शनार्थिहरु आउने गर्दछन् साथै प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् ।
यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

साथै यस अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मञ्चन गरिएको थियो साथै शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरूको सही जवाफ दिने विजेताहरूलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *