मणिपालले बढी शुल्क लिएपछि अनेरास्ववियुको प्रदर्शन

पोखरा । पोखराको मणिपाल कलेजले तोकेभन्दा बढी शुल्क लिएको भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी रकम लिएको विद्यार्थीले गुनासो गरेपछि अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले मंसिर २० गतेदेखि कलेजमा तालाबन्दी समेत गरेको छ । कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा तोकिएको मूल्यभन्दा ६ लाख रुपैयाँ बढी लिएको आरोप विद्यार्थीको छ । बढाइएको रकम तत्काल घटाउन अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले माग गरे ।

‘कलेजमा मनपरी मूल्य बढाउन पाइँदैन,’ उनले भने, ‘बढेको रकम तत्काल फिर्ता गरियोस् । सस्तोमा शिक्षा लिन पाउने अधिकारको ग्यारेण्टी गरियोस् ।’ अनेरास्ववियुले संयुक्त विद्यार्थी संगठनको तर्फबाट मणिपालमा भएको मनोमानीबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ । यसबारे सुनुवाइ भएको छैन । बुधबार कलेज अगाडी विद्यार्थीहरूले नाराबाजी सहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *