राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका हुन।

यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरू बाट भुक्तानी हुनेछ ।

विदेशमा रहेका नेपालीहरूले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्ने बैंकले जनाएको छ । ईसेवामनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाता ग्राहीहरूले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबिबि स्मार्ट डाउनलोड गर्नु पर्ने बताएको छ ।

संसारका २०० बढी मुलुकमा कारोबार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।

आरबिबि स्मार्ट अर्थात् बैंकको मोबाइल बैंकिंग एप प्रयोग गरेर ईसेवामनी ट्रान्सफर मार्फत नेपाल भरी रहेका ईसेवाका नेटवर्क माझ जहाँ पनि रेमिट्यान्स पठाउन वा पाउन सकिने बताएको छ ।

यसै गरी राष्ट्रिय वाणिज्य बैंकबाट ईसेवामनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपाल भरी रहेका १०,००० + ईसेवामनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरूबाट पनि भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *