इन्टरनेट विस्तारका लागि चाइना कम्युनिकेसन र भायनेटको साझेदारी

काठमाडौं । भायनेट कम्युनिकेसन प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेसन सर्भिस नेपालसँग साझेदारी गरेको छ।

चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेसनको सहायक कम्पनी हो। यो कम्पनीले विश्वका ३० भन्दा बढी देशमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउट सोर्सिङ सेवाहरू उपलब्ध गराउने काममा संलग्न रहेको बताइएको छ।

सीसीएससँग संसारभरि अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *