नेप्से २४ सयकाे लाइनमा ओर्लिंदै, जम्मा २ अर्बकाे काराेबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक ५६.७८ अङ्कले घटेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.२६ प्रतिशतले घटेर २४५२.१२ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ इन्डेक्स १०.०४ अङ्कले घटेर ४६४.०९ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये कुनै पनि उपसमूह बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।

बुधबार २ सय २६ कम्पनीका ६४ लाख ५५ हजार ३ सय ४९ कित्ता सेयर २ अर्ब ६० करोड ८४ लाख ६ हजार २सय ८९ रुपैयाँमा खरिदबिक्री भएको छ । यस दिन स्टाण्डर्ड चार्टर्ड बैंकको सेयरमुल्य सबै भन्दा बढि १.९४ अकंले बढेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *