सूचना विभागमा दर्ता गर्दैमा युट्युबरलाई पत्रकार मान्न सकिँदैन : अध्यक्ष बस्नेत

धनगढी । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब च्यानललाई सूचना विभागमा दर्ता गरेकै भरमा त्यसमा काम गर्ने व्यक्तिलाई पत्रकार मान्न नसकिने बताएका छन् । बुधबार धनगढीमा आयोजित पत्रकार आचारसंहिता र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले युट्युबलाई व्यवस्थित गर्नुपर्ने बताए ।

सूचना विभागमा युट्युब मिडिया दर्ता गरेर विधि प्रक्रियामा नजाने कुनै पनि युट्युब च्यानल सञ्चार माध्यमको परिभाषामा नपर्ने उनले बताए । अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिताको पालना नगरी मनलाग्दी गर्ने जो कोही पत्रकार नहुने बताए ।

‘यदि कोही दर्ता गरेर विधि प्रक्रियामा गई पत्रकार आचारसंहिता पालना गर्छ भने त्यसलाई स्वागत गरौँ,’ उनले भने, ‘अन्यथा मनपरी गरी होहल्ला गर्ने पत्रकार होइनन् । मनपरी गर्नेलाई कारबाही गर्छौँ । केहीलाई कारबाहीको दायरामा पनि ल्याएका छौँ ।’

यसअघि चार जना युटुबरलाई कारबाहीको दायरामा ल्याएपछि केही व्यक्तिहरू प्रक्रियामा गई व्यवस्थित रूपका काम गर्छु भन्दै सम्पर्कमा आइरहेको उनले बताए । मिडियाको अनुगमनलगायतका लागि प्रेस काउन्सिलका अध्यक्षसहितको टोली सुदूरपश्चिम पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *