स्वदेशी अभियानमा जोडिए ४० ब्रान्ड : वेवसाइट, एप र लोगो सार्वजनिक

काठमाडौँ । उद्योग परिसंघ नेपाल (सीएनआई)ले सुरु गरेको ‘मेक इन नेपाल’ स्वदेशी अभियानमा ४० वटा नेपाल ब्रान्ड सहभागी भएका छन् ।

सीएनआईले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । गत वर्षको फागुनमा सुरु गरिएको उक्त अभियानअन्तर्गत गुणस्तरिय स्वदेशी वस्तु उत्पादन र प्रवर्द्धन लागि उक्त ब्राण्डहरुलाई अभियानको सदस्यका रुपमा संलग्न गरिएको सीएनआईले जनाएको छ ।

यस अभियानमा जोडिएका वस्तुहरुले स्वदेशी अभियानको लोगो प्रयोग गर्ने सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले बताँए ।
अभियानको लोगो प्रयोग गर्ने ब्रान्डले गुणस्तरको ग्यारेन्टी गर्दछन् । गुणस्तर कमजोर भएको पाइए त्यस्ता ब्रान्डका वस्तुसँग लोगो खोसेर अभियानबाट निष्काशित गरिने पनि उनले बताए ।

सीएनआईले अभियानको वेवसाइट, मोबाइल एप र लोगो समते सार्वजनिक गरेको छ ।

नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न वार्षिक उद्योग दर्ताको संख्या बढाउने र जीडीपीमा उद्योग क्षेत्रको योगदान विस्तार गर्ने अभियानका साथ सीएनआईले स्वदेशी अभियान सुरु गरेको हो ।

स्वदेशी अभियानलाई सफल पार्न उद्योग क्षेत्रमा देखिएका ३४ वटा अवरोध हटाउनु पर्ने समेत सीएनआईले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *