सांग्रिला डेभलपमेन्ट बैंकले सुरू गर्याे ‘सांग्रिला रेमिट’

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रूपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेन्टमार्फत नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएकाे रेमिट सेवा आन्तरिक विप्रेषण प्रवाहका लागि मात्रै काम गर्ने जनाएका छ । विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको रकमसमेत बैंकिङ्ग प्रणालीबाट नेपालमा ल्याइ सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिन अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवासमेत छिट्टै सञ्चालनमा ल्याउने बैंकले बताएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका देशभर १०४ शाखा तथा, ३१ एटीएम सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *