महालक्ष्मी विकास बैंकको कमाने शाखाद्वारा डस्टबिन सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले गणेश टोल विकास संस्थालाई २० थान ठुलो डस्टबिन सहयोग स्वरूप प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हेटौडा उपमहानगरपालिका ११ मा रहेको उक्त टोल विकास संस्थालाई डस्टबिन सहयोग गरेको हो ।

सहिद स्मारक पार्कमा आयोजित एक  कार्यक्रम बिच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यवाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु गणेश टोल विकास संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन।

उक्त कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरू, सामाजिक अभियन्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *