नवविवाहित जोडीलाई बुद्ध एयरको काठमाडाैं–पाेखरा दुईतर्फी टिकट सित्तैमा !

काठमाडौँ । बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने बेहुला–बेहुली जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ ।

बुद्ध एयरले मंगलबार प्रेस विज्ञप्तिमार्फत नवविवाहित जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फि टिकट उपहार दिने जनाएको हाे ।

कम्पनीका अनुसार यसका लागि बेहुला–बेहुलीसहित बुद्ध एयरको विमानमा यात्रा गरेको तस्विर बुध्द एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।

नवविवाहित जोडीको भ्रमणका लागि पोखरा उत्कष्ट गन्तव्य भएकोले पनि बुद्ध एयरले यस्तो उपहार योजना ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *