बैतडी जिप दुर्घटना : मृतकको सङ्ख्या ४ पुग्यो

धनगढी । बैतडीमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप वडा नम्बर–१ सकारमा दुर्घटना भएको हो ।

साँझ साढे ५ भएको दुर्घटनामा पाटन नगरपालिका ७ कैलपाल माइत भएकी २० वर्षीया मनिषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरूको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिप चालक भने फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *