राताम्मे नेप्सेमा हरियाली, ३२ अङ्कले बजार बढ्दा साढे ४ अर्बकाे काराेबार

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार (नेप्से)परिसूचक ३२.२२ अङ्कले बढेको छ ।

सोमबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.२८ प्रतिशतले बढेर २५४८.०८ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर ४८०.९७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटै उपसमूहका सूचक बढेका छन् ।

सोमबार २ सय २७ कम्पनीका ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रुपैयाँमा खरिद/बिक्री भएको छ ।

यसदिन मेरो माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशत बढेको छ भने एक्सल डेभलपमेन्ट बैक लिमिटेडको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *