लुम्बिनी विकास बैंकको एकै साथ ५ शाखा उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले थप पाँच शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ७३औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.०६ नयाँ बानेश्वर चोकस्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रुपन्देही, ७५ औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा नवलपरासी, ७६ औँ शाखाको रुपमा दाङ जिल्ला घोराही उप – महानगरपालिका वडा नं.१५ बिपि चोक स्थित घोराही शाखा दाङ्ग र ७७ औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं ११ साझा चोक स्थित कोहलपुर शाखा रहेका छन् ।

बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *