‘कामना सेवा फुटसल कप २०२१’ आयोजना गर्दै कामना बैंक (भिडिओसहित)

काठमाडौं । कामना सेवा विकास बैंकले पुसको दोश्रो हप्ता पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त  प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् ।

बैंकका अनुसार ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ नाराका साथ आयाेजना हुने उक्त प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खलेपाटी डटकमले गर्नेछ । अखिल नेपाल फुटबल संघ फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबद्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदीले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *