मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व सम्पन्न

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल लिट्रेसी’ कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ ।

यस सँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई रु. २५ हजार सहयोग गरेको छ । ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका लागि बैंकले १० हजारको आर्थिक सहयोग गरेको छ ।

यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परी अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका–६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि १० हजार सहयोग गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *