इन्भेष्टमेन्ट र हिमालयन बैंकद्वारा मर्जर म्याद थप्न पुनः आग्रह

काठमाडौँ । तोकिएको समय सिमा सकिएपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जर समय फेरि माग गरेका छन् । उनीहरुले यस अघि थपिएएको समयमा मर्जर गर्न नसकेपछि राष्ट्र बैंकसमक्ष फेरि थप समय माग गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले राष्ट्र बैंकद्धारा तोकेको समयसिमाभित्र बैंक मर्जर गर्न असफल भएका छन् ।

राष्ट्र बैंकले मर्जरको बारेमा निर्णय गर्नको लागि दुवै बैंकलाई मंसिर १९ गतेसम्मको समय दिएको थियो । उनीहरुले नेपाल राष्ट्र बैंकले तोकेको समयमा मर्जरको निर्णय गर्न सकेनन् । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जर गर्न नसकेपछि राष्ट्र बैंकसमक्ष फेरि थप समय माग गरेका हुन् । यस अघि पनि राष्ट्र बैंकले मर्जरका लागि समय थप गरिदिएको थियो ।

उनीहरुले समय थप्न माग गर्दै नेपाल राष्ट्र बैंकसमक्ष पत्राचार गरेका छन् । नेपाल राष्ट्र बैंकले दिएको समयभित्र एकीकृत कारोबार हुन सकेन । मर्जरबारे हिमालयन बैंकले साधारणसभा बोलाएर निर्णय गर्नै बाँकी छ । हिमालयन बैंकका केही पदाधिकारीहरु मर्जरको विपक्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *