राजस्व छली गर्ने प्रमोद गुप्ताविरुद्ध ४५ करोड भराउन माग गर्दै अदालतमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गरेको आरोपमा एक व्यवसायी विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

रुपन्देही समरिमाही गाउँपालिका– ६ स्थायी घर भएका कवाड व्यवसायी ३२ वर्षीय प्रमोद गुप्ताविरुद्ध कार्यालयले करिब ४५ करोड रुपैयाँको बिगो दाबीसहित उच्च अदालत तुलसीपुर दाङमा आइतबार मुद्दा दायर गरेको हो ।

गुप्ताले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरी उक्त सामान विभिन्न व्यक्तिहरुलाई बिक्री गरी सोको लेखांकन नगरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले गुप्लालाई ४४ करोड ७३ लाख ८६ हजार ९५८ रुपैयाँ तथा ३ वर्षको कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *