सेयर बजार ७२ अंकले घटेर २५ सयको नजिक

काठमाडौँ । सेयर बजार (नेप्से)मा आइतबार भारी गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक ७२.३२ अंकले घट्दा २५१३.८७ बिन्दुमा ओर्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक समेत १४.१७ अंकले घटेर ४७३.३५ बिन्दुमा आइपुगेको हो ।

यस दिन २ सय २६ कम्पनीका ८९ लाख २० हजार ८ सय ९४ कित्ता सेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ रुपैयाँमा खरिदबिक्री भएको छ।
यस दिन सबै कम्पनीका समूहगत उपसूचकहरु राताम्य भएका छन् ।

घटेको बजारमा पनि न्यादी हाइड्रो पावरको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *