पूर्व डेपुटी गभर्नर शिवाकोटीले ल्याए वित्तीय साक्षरता गीत

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वित्तीय साक्षरता जगाउने गीत ल्याएका छन् ।

बैंकमा खाता खोली बैंकबाट सबै नेपालीले कारोबार गरे देशमा समृद्धि आउने भाव गीतमा व्यक्त गरिएको छ । सबै नेपालीले बैंकमा खाता खोल्न उक्त गीतले अभिप्रेरित गरेको छ ।

पैसा सुरक्षित हुने, पैसा नहुनेले पनि बैंकमा खाता खोल्न मिल्ने सन्देशसमेत गीतमा दिइएको छ ।

गीत शिवाकोटीले लेखेका हुन् । नेपाल बैंकर्स एशाेसिएशनले प्रस्तुत गरेकाे उक्त गीतमा वीजय अधिकारीको स्वर, बसन्त सापकोटाको संगीत र विभिन्न कलाकार तथा बैंकरको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *